Photo Gallery

वाग्मती सफाइ महाअभियानको २४५ औं सप्ताह
वाग्मती सफाइ महाअभियानको २४५ औं सप्ताह शंखमुल क्षेत्रमा सफाइ गरी सम्पन्न भएको छ । नियमित हुँदै आइरहेको साताव्यापी सफाइ अभियानबाट शनिबार ५ मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको छ । सफाइ अभियानमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना गरी २५ वटा संघ सस्था र सहभागी गरी झण्डै ५०० जनाको सहभागिता रहेको थियो ।