Photo Gallery

वाग्मती सफाइ महाअभियानको २४२ औं सप्ताह
वाग्मती सफाइ महाअभियानको २४२ औं सप्ताह महादेवस्थान, कोटेश्वरमा सफाइ गरी सम्पन्न भएको छ । नियमित हुँदै आइरहेको साताव्यापी सफाइ अभियानबाट शनिबार ६ मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको छ । सफाइ अभियानमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना गरी २३ वटा संघ सस्था र सहभागी गरी झण्डै ४०० जनाको सहभागिता रहेको थियो । त्यस्तै आगामी साता महादेवस्थान, कोटेश्वर पुल आसपासमा सफाइ गरिने अभियानबाट जानकारी गराइएको छ ।