मिति २०७७ पुस ११ गते वाग्मती सरसफाई महाअभियानको ३९८ औं हप्ता शंखमुल मनोहरा दोभान आर्ट अफ लिभिङ आसपासमा सरसफाई गरी १५ टन फोहर व्यस्थापन गरिएको छ। सो सरसफाइ महाअभियानमा बाग्मती सफाईका मुख्य अभियन्ता श्री लिलामणी पौडेलज्यू, वाग्मती सफाईका अभियन्ताज्यूहरु,अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका कार्यकारी अध्यक्ष श्री उद्धव प्रसाद तिमल्सेनाज्यू, आयोजना प्रमुखज्यू, समितिका कर्मचारीहरु,काठमाडौं महानगरपालिकाका कर्मचारीहरु,सुरक्षा निकाय गरी करिब ३०० जनाको उपस्थिति रहेको थियो।