मिति २०७७ मङसिर २७ गते वाग्मती सरसफाई महाअभियान को ३९६ औं हप्ता नारायणटार जम्बुडाँडा आसपासमा सरसफाई गरी करिब ३ टन फोहर व्यस्थापन गरिएको छ । सो सरसफाईमा महाअभियानमा, गोकर्णेश्वर नगरपालिकाका मेयर श्री सन्तोष चालिसेज्यू, स्थानीय जनप्रतिधिज्यूहरु, वाग्मती सुन्दरता सरोकार मञ्च, अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका कार्यकारी समिति अध्यक्षज्यू, आयोजना प्रमुखज्यू एवं कर्मचारीहरुको सहभागिता रहेको थियो ।