बाग्मती सफाई महाअभियानको ४०७ ‌औं सप्ताह सम्पन्न

मिति २०७७ फाल्गुण १५ गते वाग्मती सरसफाई महाअभियानको ४०७ औं हप्ता गोठाटार पुल  आसपासमा सफाई  गरी ६ टन फोहर व्यस्थापन गरिएको छ। सो सरसफाइ महाअभियानमा  बाग्मती सरोकार मञ्चका अध्यक्ष श्री उत्तम पुडासैनीज्यूको नेतृत्वमा अभियनताज्युहरु, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका कार्यकारी अध्यक्ष श्री उद्धव प्रसाद तिमल्सेनाज्यू, आयोजना प्रमुखज्यू, समितिका कर्मचारीहरु, सुरक्षा निकायहरु , विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरु गरी करिब २५० जनाको उपस्थिति रहेको थियो ।

 

en_USEnglish
en_USEnglish ne_NPNepali