Photo Gallery

स्वागत तथा विदाई कार्यक्रम सम्पन्न
अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिको आयोजनामा विदाइ तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ । समितिले निवर्तर्मान सदस्य तथा नव मनोनित सदस्यहरुलाई लक्षित गरी कार्यक्रमको आयोजना गरेको हो । समितिको कार्यकारी अध्यक्ष नरेन्द्रराज बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समितिकै आयोजना प्रमुख आशिष घिमिरेले समितिको पृष्ठभूमिबारे जानकारी गराउँदै अबका दिनमा नव मनोनित सदस्यहरुको सहयोग र परामर्शमा कार्यक्रमहरु अगाडि बढाइने जानकारी दिनुभयो । साथै उहाँले समितिबाट हाल भएका गतिविधिबारे संक्षिप्तमा प्रकाश पार्दै मनोनित सदस्यहरुलाई स्वागत गर्नुभयो । कार्यक्रममा सहभागी सदस्यहरुलाई समितिका कार्यकारी अध्यक्षले खादा टिका सहित ज्याकेट र टोपी लगाई स्वागत गर्नुभयो । कार्यक्रममा नव मनोनित विज्ञ सदस्य मेनुका ढकालले निर्वाचित सबै सदस्यहरु आ आफ्नो क्षेत्रमा विज्ञ भएकाले समितिको हरेक कार्यमा सहयोग पुर्याउने साथै बाग्मती नदी र यसका सहायक नदीनाला प्रति गम्भिर चासो दिदैं अगाडि बढाउने बताउनुभयो । त्यस्तै समितकिा कार्यकारी सदस्यहरु माला खरेल र विरेन्द्र थपलीयाले पहिलेको बोर्डमा सम्पन्न हुन नसकेका कार्य गतिविधिहरुलाई नयाँ मनोनित सदस्यहरु समेतको यो बोर्डले पुर्णता दिने विश्वास व्यक्त गर्नुभयो ।